काठमाडौं, ३ चैत। उपराष्ट्रपति पदमा नन्दबहादुर पुन ‘पासाङ’को उम्मेदवारी दर्ता भएको छ । शनिबार संघीय संसद भवन नयाँबानेश्वर पुगेर पुनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पुनको प्रस्तावकमा एमाले नेता सुवास नेम्वाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघी गुरूङ छन् । यसैगरी समर्थकमा माओवादी केन्द्रका नेता देव गुरुङ, अोनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्र प्रसाद गाैतम रहेको पासाङका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
उम्मेदवारी दर्ताको लागि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
तस्विर : मुकुन्द कालिकोटे