काठमाडौं, ३ चैत्र । एमाले सचिव योगेश भट्टराई मन्त्री बन्ने हल्लाका बावजुद पनि मन्त्री नबनेपछि अहिले उनको बारेमा चर्चा चलिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डलमा पार्टी सचिव भट्टराई नअटाएसँगै अहिले बिभिन्न कोणबाट टिका टिप्पणीहरु भैरहेका छन् । सचिव भट्टराई मन्त्रीमा नअटाउनुको प्रमुख कारण प्रधानमन्त्री ओलीले नै उनलाई रुचाएनन् । यो सँगै बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले पनि उनलाई रुचाएनन् ।
बिषेशगरी नेता नेपाल समूहको कोटाबाट मन्त्री बनाउन प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए । तर, नेपालले प्रधानमन्त्रीको यो प्रस्ताव ठाडै अस्विकार गरिदिए । स्रोतका अनुसार माधव नेपालले आफ्नो कोटाबाट कहाँँ बनाउने ? भन्दै ओलीको प्रस्ताव रिजेक्ट मात्रै गरेनन । आफ्नो कोटाबाट योगेश नरहेको सुनाए ।
योगेशको सट्टा बरिष्ठ नेता खनालका विश्वाससिला नेता गोकर्ण बिष्ट मन्त्री बने । यसमा दुवै बरिष्ठ नेता खनाल र नेपालको सहमति छ ।
त्यस्तै स्रोतका अनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि योेगेशलाई मन्त्री नबनाउन लबिङ गरेका थिए ।