काठमाडौं, ४ चैत्र । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले मित्रराष्ट चीनका राष्ट्रपति सि जिनफिङलाई नेपाल भ्रमण चाँडै गराउने उद्देश्यले गृहकार्य थालेको छ ।
आईतबार विहानै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा “बादल” र नेपालका लागि चिनियाँ राजदुत यु होङबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउनेबारे गृहकार्य स्वरुप छलफल भएको उच्च स्रोतले जानकारी दियो ।