काठमाडौं, ४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आज कडा निर्देशन दिएका छन् ।
आईतबार अपरान्ह सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले जनताको हितमा र सुशासन कायम गर्नेगरि काम गर्न निर्देशन दिएका छन् ।
मन्त्री ज्ञवालीले अघि भने,‘एतिहासिक अभिभारा पूरा गर्न यो टीम भाग्यशाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेका राष्ट्रिय अविभाराहरुलाई सम्पूर्ण ऊर्जासहित समयको एक/एक पल, स्रोतको एक/एक थोपा र आफ्नो ऊर्जाको एक/एक बुँदा लगाएर पूरा गर्नको निम्ती विशेष निर्देशन गर्नुभएको छ ।”
प्रधानमन्त्री ओलीले वर्तमान सन २०३० सम्म दिगो विकासको लक्ष हासिल गर्न र संविधानले उल्लेख गरेका मौलिक हकलागयतको समग्र पक्षको कार्यान्वयन गर्न केन्द्रीत रहन सबैलाई आग्रह पनि गरेका थिए ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई भ्रष्टाचार, कर्तव्यबाट च्युत हुने, अनियमिता या जनताको सेवा गर्ने कुराबाट विभिन्न बहानाबाजीबाट विमुख हुने कुराहरु कदापी पनि स्वीकार्य नहुने जानकारीसमेत मन्त्रीहरुलाई गराएका थिए । ओलीले मुलुकको शान्ति सुरक्षाको लागि सदैव कर्तव्यनिष्ट भएर काम गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका थिए ।
बैठकबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले दिएको निर्देशन उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने,‘यो सामान्य अवस्थाको सरकार होईन, असमान्य अवस्थाको सरकार हो । यसमा जिम्मेवारीहरु पूरा गर्नुपर्ने धेरै छ, तपाईहरु बडो जिम्मेवारपूर्ण भएर प्रस्तुत हुनुहोस्।’
तस्विर : मुकुन्द कालिकोटे