Logo

उच्च नेतृत्व तथा व्यवस्थापन तालीम शुरु



काठमाडौँ, ४ चैत : नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सञ्चालन हुने पाँचौँ शृङ्खलाको उच्च नेतृत्व तथा व्यवस्थापन तालीम आजदेखि शुरु भएको छ ।

बलाधिकृत रथी पूर्णचन्द्र थापाले नारायणहिटीस्थित उपत्यका पृतनामा शुभारम्भ गर्नुभएको उक्त तालीममा २९ महासेनानी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

जटिल सुरक्षा वातावरणलाई ख्याल गर्दै विशिष्ट भू–राजनीति तथा अन्य तत्वले पार्न सक्ने स्ुरक्षा चुनौतीको महत्वपूर्ण विश्लेषण, मूल्यांकन क्षमता र पेशागत चुस्तता, उच्च सैनिक संस्कार र मान्यताको विकासको निमित्त तालिम फलदायी हुने सो अवसरमा बलाधिकृत थापाले विश्वास व्यक्त गर्नुभयो ।

उक्त तालिमबाट बहुराष्ट्रिय वातावरणमा कमाण्ड एवं स्टाफ नियुक्तिमा काम गर्न सक्ने अधिकृत तयार गर्न र जटिल वातावरणमा पनि परिचालित भई प्रभावकारी निर्णय लिन सक्ने जनशक्ति तयार हुने सेनाले विश्वास लिएको जनाएको छ । (रासस) 



प्रतिक्रिया दिनुहोस्