Logo

राजपा बैठक किन सर्यो, यस्ता छन कारणहरु



काठमाडौं, ६ चैत्र । राष्ट्रिय जनता पार्टी नेपालको आज बस्ने भनिएको बैठक स्थगित् भएको छ। अध्यक्ष मण्डलका दुई जना सदस्यहरु अनिल झाल र शरदसिंह भण्डारी बैठकमा उपस्थित् हुन नसक्ने भएपछि आज बस्ने भनिएको बैठक स्थगित् गरिएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल हुने बुझिएको छ । का–को मन्त्री बन्ने ? भन्ने होडबाजी अहिले राजपाभित्र चलेको छ । स्रोतका अनुसार मन्त्री यतिवेला तीन जना अध्यक्ष मण्डलका सदस्यहरु क्रमशः  राजेन्द्र महतो, राजकिशोर यादव र शरदसिंह भण्डारी नै दौडधुपमा छन् ।

त्यस्तै पार्टीलाई संघीय ढाँचामा कसरी लैजाने, संसदीय दललाई कसरी बलियो बनाउने ? २ नम्बर प्रदेशमा राज्यमन्त्री क–कसलाई नियुक्ती गर्ने भन्नेबारे पनि छलफल भएको छ ।

अध्यक्ष मण्डलका सदस्य झा काठमाडौं बाहिर छन् । र, अर्का सदस्य भण्डारी विरामी भएर अस्पतालमा छन् । झा अहिले केहीबेरमै काठमाडौं पुग्ने र भण्डारीपनि डिस्चार्ज हुने भएपछि आज रातिपनि बैठक हुन सक्ने एक नेताले धमलालाई जानकराी दिए ।



प्रतिक्रिया दिनुहोस्