Logo

काँग्रेस निकट कर्मचारी युनियनको नेतृत्वमा पोखरेल



काठमाडौं, ७ चैत्र । नेपाली काँग्रेस निकटको नेपाल निजामति कर्मचारी युनियन (संघ) को सभापतिमाा गोपाल प्रसाद पोखरेल विजयी भएका छन् । पोखरेलले काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका राजेन्द्र बुढाथोकीलाई ३० मतले हराएका हुन ।

पोखरेलले २८४ मत पाउँदा बुढाथोकीले २५४ मत पाए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र प्रसाद अधिकारीले फराकिलो मतले सुजित कुमार केसीलाई पराजित गरेका छन् ।

चितवनको रत्ननगरमा भएको सातौँ महाधिवेशनमा अर्का उपाध्यक्षमा कृष्ण दाहाललाई हराउँदै उत्तमकुमार कटवाल निर्वा्चित भए । महासचिवमा सुवास कोइराला निर्विरोध भएका थिए । बुधबार बिहान सकिएको महाधिवेशनले २६ पदाधिकारीसहित ८० जना निर्वा्चित गरेको छ ।

पाँचजना भने पछि मनोनयन हुने व्यवस्था रहेको छ । तीनवर्षीय कार्यकालका लागि सचिवमात्रै सात जना निर्वा्चित भएका छन् । गत चैत ४ गतेदेखि चलेको महाधिवेशनमा देशभरका ५६९ प्रतिनिधिमध्ये ५४५ जना सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्