Logo

परीक्षा स्वच्छरुपमा सञ्चालन हुनुपर्छ : शिक्षामन्त्री पोखरेल



भक्तपुर, ८ चैत : शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा केन्द्रको अनुगमन गर्नुभएको छ ।

परीक्षा व्यवस्थित र मर्यादित रुपमा सञ्चालन भए नभएको जानकारी लिन मन्त्री पोखरेल भक्तपुरको आदर्श माध्यमिक विद्यालय सानोठिमी केन्द्र पुगी विद्यार्थीको भविष्य देशको भविष्यसँग जोडिएकाले परीक्षा शान्तिपूर्ण र स्वच्छरुपमा सञ्चालन हुनुपर्ने बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्