Logo

मोगादिसुको होटेल नजिकै कार विष्फोट, १४ जनाको मृत्यु



मोगादिसु, सोमालिया, ९ चैत : सोमालियाको राजधानी मोगादिसुस्थित एक होटेल नजिकै गराइएको आत्मघाती कार विष्फोटमा परी कम्तिमा १४ जनाको मृत्यु भएको यहाँको सरकार बिहीबार जनाएको छ ।

विष्फोटबारे सरकारका प्रवक्ता अब्दियाजिज अली इब्राहिमले भन्नुभयो, “राजधानीस्थित एक होटेल नजिकै विष्फोटक पदार्थले भरिएको कार विष्फोट गराइँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा केही सर्वसाधारण घाइते भएका छन् ।”

घटनालाई देखेको बताउने एक सोमालियाली नागरिकले कारलाई एक्कासी ल्याएर होटेल नजिकैको विजुलीको खम्बामा ठक्कर दिएपछि ठूलो आवाजसहित विष्फोट भएको बताए ।
घटनाको जिम्मा समाचार तयार पार्दासम्म कुनै समूहले लिएको छैन । (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्