Logo

५ वर्षभित्रै निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न : पर्यटनमन्त्री अधिकारी



बारा, ९ चैत । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बाराको निजगढमा बन्ने दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल आगामी पाँच वर्ष्भित्र निर्माण सम्पन्न गर्नेगरी कामलाई अघि बढाउने तयारी गरेको बताएका छन् ।

शुक्रबार सिमरामा आयोजित अन्तरक्रियामा मन्त्री अधिकारील यस्तो बताएका हुन् । सरकार जनताप्रति उत्तरदायी रहेको भन्दै ऐलानी बस्तीका नागरिकहरुलाई पनि उचित क्षतिपूर्ति दिइने मन्त्री अधिरकाीले विश्वास दिलाए ।

उनले निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण न्यायोचित ढंगले गरिने पनि जनाए ।



प्रतिक्रिया दिनुहोस्