काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत्र २३ गते तीन दिने राजकीय भ्रमणको लागि भारत जाने छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा ओली भारत भ्रमणमा जान लागेका हुन् ।
उनले भारतमा रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गर्नेछन् । परराष्ट्र मन्त्रालय निकट उच्च स्रोतले दिएको जानकारी अनुसार ओली भारतबाट स्वदेश फर्किएलगत्तै अर्को मित्रराष्ट्र चीन भ्रमणमा जाने तयारी भैसकेको छ ।
चीनमा हुने बोवा सम्मेलनमा भाग लिनको लागि प्रधानमन्त्री ओली त्यता जान लागेका हुन् । चीनमा ओलीले भारतीय प्रधानमन्त्री मोदी, चीनीयाँ राष्ट्रपति सि जिनपिङसँग पनि भेट गर्नेछन् ।
यद्धपी ओली कहिले चीन जाने भन्नेबारे अहिले नै मिति एकिन भैसकेको छैन् ।