Logo

कांग्रेस नेता खड्काको स्वास्थ्य अवस्था जटिल, भेट्नका लागि नेताहरु दिल्ली जाने क्रम जारी



चैत १०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ । पछिल्लो समय उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

अहिले उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ । उनको स्वास्थ्य अवस्थाबारे बुझ्न कांग्रेस केही नेताहरु दिल्ली पुगिसकेका छन् भने अरु नेताहरु पनि जाने तयारीमा छन् ।

उनको स्वस्थ्य स्थिति बुझ्न राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझी, युवा नेता तथा महासमिति सदस्य मिनकृण्ण महर्जन, महाधिवेशन प्रतिनिधि महेश श्रेष्ठ दिल्लीमा नै रहेका छन् ।

कांग्रेस नेता शेखर कोईराला, पुर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य शंकर भण्डारी लगायतका नेताहरु खड्कालाई भेट्न दिल्ली जान लागेको बताईको छ ।

कांग्रेस सभापति शेर बहादुर देउवाले एपोलो अस्पतालमा सम्पर्क गरेर नेता खड्काको स्वास्थ स्थिति बारे जानकारी लिएका थिए ।

नेता खड्का ३४ दिनदेखि हस्पिटलको शैयामा छन् । खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए ।

यसैबिच खड्काको स्वास्थ्य जटिल बनेको जानकारी पाएलगत्तै गृहजिल्ला दाङका शुभेच्छुक कार्यकर्ताहरुले मन्दिरमा पूजाआजा गरेका छन् ।

दाङको विजौरी र कोठरीसहितका विभिन्न मन्दिरहरुमा नेता खड्काको स्वास्थ्य लाभको कामना गरेर बिहीबार पूजा गरिएको हो ।

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता नयाँदिल्ली लगिएको थियो ।



प्रतिक्रिया दिनुहोस्