Logo

माओवादीले चारवटा प्रदेशको इन्चार्ज हटाएर नयाँ तोक्यो



चैत १०, काठमाण्डौ । माओवादी केन्द्रले मन्त्री भएका नेताहरुलाई प्रदेश इन्चार्जबाट हटाएको छ । शनिबार बसेको हेडक्वाटरको बैठकले मन्त्रीहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिने निर्णय गर्दै ति प्रदेशमा नयाँ इन्चार्ज पनि तोकेको छ ।

यससँगै मात्रिका यादव, वर्षमान पुन र शक्ति बस्नेत प्रदेश इन्चार्जबाट हटेका छन् । प्रमुख सचेतक देव गुरुङ पनि इन्चार्जबाट हटेका छन् । यादव २, गुरुङ ४ पुन ५, बस्नेत प्रदेश ६ का इन्चार्ज थिए । प्रदेश १ का इन्चार्ज रहेका गोपाल किरातीलाई कारबाही गरेकाले यो पद पनि रिक्त थियो ।

अब प्रदेश १ मा राम कार्की, २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मा इन्र्चाज बनेका छन् । प्रदेश ३ मा हितमान शाक्य र प्रदेश ७ मा लेखराज भट्ट इन्चार्ज कायमै रहेको माओवादीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्