Logo

भूकम्प गएको तीन वर्ष पुग्न लाग्यो, पुनः निर्माणको लक्ष्य जहाँको त्यही



चैत १०, काठमाण्डौ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले तीन बर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि त्यो अवधि सकिन अब एक महिना मात्र बाँकी छ । अन्य पूर्वाधारहरू पाँच बर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । तर कुनै पनि लक्ष्य पूरा हुने अवस्था छैन ।

हालसम्म १ लाख ९ हजार ५ सय निजी निर्माण भइसकेका छन् । ४ सय ८३ सार्वजनिक भवनमध्ये हाल १ सय २० निर्माणाधीन अवस्थामा छन् भने ६ ओटा मात्र निर्माण सम्पन्न भएका छन् ।
भूकम्पका कारण ७ लाख ८१ हजार बराबरका पूर्वाधार संरचना क्षतिग्रस्त भएकोमा त्यसको झण्डै ५० प्रतिशतको निर्माण अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्पपछिको ३५ महिनामा क्षतिग्रस्त पूर्वाधार संरचनामध्ये ३ लाख ५८ हजार ५ सयको मात्र निर्माण अघि बढेको छ । ७ लाख ८१ हजार बराबरका पूर्वाधार संरचना क्षतिग्रस्त भएकोमा त्यसको झण्डै ५० प्रतिशतको निर्माण अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार निजी आवास, सार्वजनिक भवन, सांस्कृतिक सम्पदा, विद्यालय, स्वास्थ्य संस्थाका साथै खानेपानी र सरसफाइका संरचनामध्ये भूकम्पको तीन वर्षपछि बल्ल आधा संरचनाको निर्माण कार्य अघि बढेको हो । प्राधिकरणका अनुसार ३ लाख ६७ हजार १ सय ६५ निजी घर पुनर्निर्माण भइरहेका छन् । हालसम्म १ लाख ९ हजार ५ सय निजी निर्माण भइसकेका छन् ।

४ सय ८३ सार्वजनिक भवनमध्ये हाल १ सय २० निर्माणाधीन अवस्थामा छन् भने ६ ओटा मात्र निर्माण सम्पन्न भएका छन् । त्यसैगरी, भूकम्पबाट ७ सय ५३ सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएकोमा ३ सय १० निर्माणाधीन अवस्थामा छन् भने १ सय ८३ सम्पन्न भएको प्राधिकरणले जनाएको छ । त्यसैगरी ७ हजार ५ सय ५३ शैक्षिक संस्था क्षतिग्रस्त रहेकोमा १ हजार ४ सय १५ निर्माणाधीन छन् भने २ हजार ९ सय ३४ को निर्माण भइसकेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी १ हजार १ सय ९७ स्वास्थ्य संस्था भूकम्पबाट क्षतिग्रस्त भएकोमा २ सय ५५ निर्माण सम्पन्न भएका छन् भने ९४ निर्माणाधीन छन् । भूकम्पबाट ३ हजार २ सय १२ खानेपानी आयोजनाहरूको प्रणालीमा क्षति पुगेकोमा ९ सय ४ निर्माण सम्पन्न भएका छन् भने ९ सय ६५ निर्माणाधीन अवस्थामा छन् । प्राधिकरणले तीन बर्ष्भित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि त्यो अवधि सकिन अब एक महिना मात्र बाँकी छ ।

अन्य पूर्वाधारहरू पाँच बर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । लक्षित योजना अबको एक महिनाभित्र पूरा नहुने निश्चित छ । भूकम्पपछि राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा धेरै ठुलो विचार विमर्श तथा बहसपछि निकालिएको निचोड यति ठुलो पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई व्यवस्थित तथा छिटो छरितो ढंगले अगाडि बढाउनका लागि अहिलेको संरचना र प्रक्रियाबाट सम्भव छैन ।

२०७२ साल पुष १० गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेसंगै राष्ट्रिय पुननिर्माण प्राधिकरण स्थापना भयो, त्यसपछि यसले पुननिर्माण तथा पुनस्थापना सम्बन्धि सम्पूर्ण कार्यको नेतृत्व गर्दै आइरहेको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणको गठन हुँदै गर्दा लगभग सबै भूकम्प प्रभावितहरु चिसो टहरामै रात बिताई रहेका थिए ।

नेपालको पुननिर्माणको लागि अन्तर्राष्ट्रिय सम्मेलन २०७२ को नाममा ४० दातृ राष्ट्र, २५ दातृ नियोगका करिब २ सय ५० विदेशी पाहुनालाई बोलाएर २०७२ साल असार १० गते समापन भएको दाता सम्मेलनमा करिब ४ खर्ब ४० अर्ब रुपैयाँ दिने प्रतिवद्धता व्यक्त भएको थियो । प्राधिकरणले त्यो रकम हरेक क्षतिग्रस्त घरहरुलाई दामासाहीमा वितरण गर्ने हो भने पनि पाँच लाख रुपैयाँ भन्दा बढी रकम एक घरले पाउँनेथिए ।

तर वैदेशिक सहयोगको उचित सदुपयोग हुन नसक्दा अहिलेसम्म नत पीडितले उचित अनुदान सममयमा पाउन सके, न त अन्य क्षतिग्रस्त संरचनाको पुनर्निर्माण हुन सक्यो ।



प्रतिक्रिया दिनुहोस्