काठमाडौं, १० चैत । नायिका आँचल शर्मा र नायक पल शाहको बारेमा पछिल्लो समय विभिन्न टिका टिप्पणी भइरहेको छ । शुक्रबार प्रदर्शनमा आएको शर्मा र शाह अभिनित चलचित्र शत्रु गते हेरिसकेपछि दर्शकले पलको अभिनय मनपराएको प्रतिक्रिया दिएका छन् । तर आँचलले भने सशक्त अभिनयगर्न नसकेको टिप्पणी आईरहेको छ ।
दर्शकको यस्ता प्रतिक्रियाले आँचललाई तनाब भएको छ । पलसँग विहे गर्नेसम्मका हल्ला चलिरहेका बेला एउटै फिल्ममा पल सफल र आँचल असफल भन्ने खालका प्रतिक्रियाले उनलाई तनाब भएको हो ।
सम्बन्धका बारेमा विभिन्न हल्ला चलिरहेकै बेला आँचलको परिवारले पनि विहे गरेपनि हुन्छ भन्ने खालको प्रतिक्रिया दिएको स्रोतले बतायो ।
भित्रि रुपमा पल शाह पनि आँचलसँग विहे गर्न राजि जस्तै देखिएको कुरा नेपाली चलचित्र उद्योगमा चर्चा छ । तर उनको भने परिवार बाधक बन्ने देखिन्छ ।
उता आँचलले पनि पलको अर्को प्रेमिका भएको आशंका गरेको स्रोतले बतायो । शुक्रवारबाट प्रदर्शनमा आएको प्रतिक्षित फिल्म ‘शत्रु गते’ लाई दर्शकले उत्साहजनक रुपमा साथ दिएका छन् ।
शनिवार राजधानीका अधिकांश मल्टिप्लेक्समा बिहानैदेखि दर्शकको भिड देखिएको थियो । शनिवार बिहानैदेखि राजधानीका विभिन्न हल चहारिरहेका अभिनेता पल शाह, निर्माता तथा कलाकार किरण केसी, अभिनेत्री आँचल शर्मा, प्रियंका कार्की, दीपाश्री निरौला, बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य दर्शक प्रतिक्रियाबाट सन्तुष्ट देखिन्थे ।
सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ । फिल्ममा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।