काठमाडौं, ११ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच केमेष्ट्री मिलेको बताएका छन् ।
आज राति हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
प्रचण्डले अघि भनेका छन्,‘एकीकृत महाधिवेशनसम्म हामी को–चेयरको रुपमा रहन्छौं, आलोपालो अध्यक्षता गरेर हामी बैठकहरु लिएर जान्छौं ।’
अन्र्तवार्ताको क्रममा प्रचण्डले गिरिजा प्रसाद कोइराला र आफू एकले अर्कालाई निषेध नै गर्नेजस्तो भएको स्मरण गराए । उनले थपे,‘तर पछि हामी दुई जना नेता एकले अर्कालाई सबैभन्दा बढि विश्वास गर्ने नेता भयौं, यही कारणले शान्ति सम्झौतामा हस्ताक्षर भयो।’ उनले आफ्नो नेतृत्वको सरकार भएको बेलामा दश महिनामा एक दिनपनि हड्ताल नभएको सुनाए ।