Logo

१३ जना महासेनानीको म्याद थप



काठमाडौं, १२ चैत्र । सरकारले दोहोरो घरबहाल कर हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेकौ बैठकले चैत्र १५ गते पहिलो १५ गते संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नपनि निर्णय गरेको छ ।

त्यस्तै हालै सम्पन्न भएको चुनावका बेला घाईतेहरुको अस्पतालको बिल बमोजिम सरकारले उपचार खर्चको बिल भुक्तानी गर्ने पनि आजको बैठकले निर्णय गरेको छ । सञ्चारराज्यमन्त्री गोकुल बाँस्कोटाले दिएको जानकारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल र बारा जिल्ला स्थायी घर भएका अच्युत मैनालीलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको छ ।

त्यस्तै रानीजमरा सिँचाई आयोजनको क्षतिपूर्ति सरकारले दिलाउने पनि आजको बैठकमा निर्णय भएको छ । मुलुक संघीय व्यवस्थामा गएकोले यो व्यवस्थासँगै सिर्जना भएका पदहरु जस्तो जिल्ला समन्वय समितिका प्रमुखहरुलाई कुटनीतिक राहदानी दिलाउने, गाउँपािलको अध्यक्षलाई अफिसियल राहदानी दिलाउने पनि निर्णय सरकारले गरेको छ ।

त्यस्तै नेपाली सेनाका १३ जना महासेनानीको म्याद पनि आजको बैठकले थप गरेको छ ।



प्रतिक्रिया दिनुहोस्