Logo

प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकलाई कुटनीतिक राहदानीको व्यवस्था



काठमाडौं, १२ चैत्र ।मुलुक संघीय व्यवस्थामा गएकोले यो व्यवस्थासँगै सिर्जना भएका पदहरु जस्तो जिल्ला समन्वय समितिका प्रमुखहरुलाई कुटनीतिक राहदानी दिलाउने, गाउँपािलको अध्यक्षलाई अफिसियल राहदानी दिलाउने पनि निर्णय सरकारले गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले चैत्र १५ गते  संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नपनि निर्णय गरेको छ ।

सरकारले दोहोरो घरबहाल कर हटाउने निर्णय गरेको छ ।  त्यस्तै हालै सम्पन्न भएको चुनावका बेला घाईतेहरुको अस्पतालको बिल बमोजिम सरकारले उपचार खर्चको बिल भुक्तानी गर्ने पनि आजको बैठकले निर्णय गरेको छ ।

सञ्चारराज्यमन्त्री गोकुल बाँस्कोटाले दिएको जानकारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल र बारा जिल्ला स्थायी घर भएका अच्युत मैनालीलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको छ ।

त्यस्तै रानीजमरा सिँचाई आयोजनको क्षतिपूर्ति सरकारले दिलाउने पनि आजको बैठकमा निर्णय भएको छ । त्यस्तै नेपाली सेनाका १३ जना महासेनानीको म्याद पनि आजको बैठकले थप गरेको छ ।



प्रतिक्रिया दिनुहोस्