चैत १२, काठमाण्डौ । नेपाली शेयरबजारमा सोमबार भारी अंकको गिरावट आएको छ । एकैदिन ५१ दमलबल आठ नौ अंकले घटेको नेप्से परिसुचक एक हजार एक सय ६८ दशमलब पाँच पाँच अंकमा झरेको छ ।
आज कूल १५७ कम्पनीको शेयर कारोबार हुँदा बजार ५१ दशमलव ८९ अंकले घटेको हो ।
आज बजार खुलेको एक घण्टा पनि नपुग्दै ३ प्रतिशतले कारोबार घटेपछि सर्किट ब्रेक लाग्यो । बजार खुलेको ४० मिनेटको अवधिमा बजार ३ प्रतिशतले घटेको थियो । ४० मिनेटमा बजार ३६ दशमलव ८५ अंकले घटेर १ हजार १ सय ८३ दशमलव ५९ को बिन्दुमा पुगेको थियो ।
सर्किट ब्रेकपछि बजार ११ बजेर ५५ मिनेट जाँदा खुलेको थियो ।
आज कारोबार रकममा भने वृद्धि देखिएको छ । १५७ कम्पनीको शेयर कारोबार हुँदा ४७ करोड ३३ लाख ९५ हजार ४११ रुपैयाँको कारोबार भएको छ । अघिल्लो साता बिहीबार बजार बन्द हुँदासम्म १५८ कम्पनीको ४३ करोड ८२ लाख ५६ हजार बराबरको कारोबार भएको थियो ।
आज कम्पनीको कारोबार हुँदा मात्र २ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बजारमा करिब ५२ अंकको गिरावट आउँदा पनि प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले भने ९ दशमलव ८६ प्रतिशतले नाफा कमाए । त्यस्तै स्वदेशी लघुवित्तका लगानीकर्ताले प्रतिकित्ता १० रुपैयाँका दरले कमाएका छन् ।
कूल १५७ कम्पनीमध्ये सबैभन्दा बढी गुमाउनेमा एनएलजी इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज कुनै पनि समूहमा वृद्धि देखिएन । सबैभन्दा बढी इन्स्योरेन्स समूहमा गिरावट देखियो । उक्त समूहमा ६ दशमलव ७५ प्रतिशतको गिरावट आयो । फाइनान्स समूहमा भने सबैभन्दा कम गिरावट देखियो । उक्त समूहमा शुन्य दशमलव ७३ अंकको मात्रै गिरावट देखिएको हो ।
आजको कारोबार सन् २०१६ जनावरी १० यताकै न्यून बिन्दु हो ।