Logo

विमान दुर्घटनाका घाइते सुबेदी अस्पतालबाट घर फर्कीए



काठमाडौं, १२ चैत्र । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त युएस बङ्ला विमानका घाइते हरि प्रसाद सुबेदी पनि सफल उपचारपछि आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेले उपचारपछि डिस्चार्ज भइ घर फर्कन लागेका सुबेदीलाई खादा लगाएर र बुके दिएर सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । सुबेदी १४ दिनको अस्पताल बसाइपछि आज अस्पतालबाट डिस्चारज भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्