Logo

प्रचण्डको शर्त: एमालेसँगको एकतामा ५०-५०, नत्र हुँदैन



काठमाडौं १३ चैत । कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकतामा बराबरी भागवण्ड हुनु पर्ने शर्त अघि सारेका छन् ।

दुवै पार्टीका समान सदस्य रहे मात्रै एमालेसँग एकता हुने जिकिर उनले गरेका हुन् । अखिल क्रान्तिकारीको प्रशिक्षणलाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले एकतापछि पार्टीमा एमाले-माओवादीबाट बराबरी सदस्य रहनुपर्ने शर्ता अघि सारेका हुन् ।

‘एक जना पनि घटबढ भएमा एकता हुँदैन’, उनले भने, ‘संगठन बनाउँदा दुवैपक्षका बराबर हुन्छन् । एक जना पनि तलमाथि हुँदैन, बराबर नभए एकता हुँदैन ।’

तत्कालका लागि एमाले अध्यक्ष केपी ओली र आफू नयाँ पार्टीको अध्यक्ष हुने प्रचण्डले बताए । ‘महाधिवेशनपछि एकीकृत पार्टीको म हुन्छु’, प्रचण्डले भने ।



प्रतिक्रिया दिनुहोस्