Logo

राजधानी सार्न मुख्यमन्त्री पोखरेललाई उपाध्यायको साथ



बुटवल, १३ चैत । नेपालका लागी पुर्व भारतीय राजदुत तथा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले प्रदेशको सदरमुकाम नयाँ शहरमा बन्नुपर्ने धारणा राखेका छन् । उनले बुटबलमा अस्थायी राजधानी राखेको कुरा स्मरण गर्दै प्रदेश सभाले निर्णय गर्दा पाचँ नम्बर प्रदेशको नयाँ राजधानी तोक्न सक्ने बताए ।

रिपोर्टस क्लव नेपाल पाचँ नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा नेता उपाध्यायले प्रदेश राजधानी नयाँ स्थानमा राख्दा केही सहजताहरु आउने बताए । बाम गठवन्धन सरकारले आफ्नो दैद्ध चरित्र देखाएको आरोप लगाउँदै नेपाल भित्रबाट नै सहमतिको वाताबरण बनाउने प्रतिबद्धता जनाए ।

उनले समग्र प्रदेशको बिकासको लागी आफु तयार रहेको बताउँदै आफु सदैब हरेक क्रियाकलापमा साथ दिने बताए । यसअघि पाचँ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुटवलबाट अन्यत्र राजधानी सार्नु पर्ने धारणा राख्दै आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्