Logo

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा २ घण्टा छलफल



काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता, सरकारको कामको प्रभावकारिताबारे आज करिब दुई घण्टा छलफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताहरुबीच छलफल भएको हो । एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री ओलीको आसन्न पहिलो विदेश भ्रमण भारत हुनुपुर्व नै एकता गर्ने भनिएको सन्दर्भमा आज भएको दुई नेताहरुको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

स्रोतका अनुसार प्रचण्डले सरकारको कामको प्रभावकारिताबारे पनि आज विशेष छलफल गरेका छन् । त्यस्तै प्रधानमन्त्रीको पहिलो हुने भनिएको विदेश भ्रमणबारे पनि आज कुराकानी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्