Logo

कहिले माओवादी महासागर हुन्छ, कहिले एमाले, यो राजनीतिमा हुने उतारचढाब हो : रायमाझी



चैत १४, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले एमालेसँगको एकता सम्मानजनक रुपले हुनुपर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले पचास पचास प्रतिशतका आधारमा पार्टी एकता हुनुपर्छ भनेको कुरालाई रायमाझीले सम्मानजनक भन्न खोजिएको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले सम्मानजनक तरिकाले सबै नेता कार्यकर्ताको उचित व्यवस्थापन हुनुपर्ने बताए ।

एमाले महासागर हो, माओवादी नदी हो, नदी महासागरमा विलय हुन लागेको हो भन्ने धमलाको प्रश्नमा रायमाझीले भने, “कहिले माओवादी महासागर हुन्छ, कहिले एमाले । यो त राजनीतिमा भइरहने उतारचढाब हो । नेपाली कांग्रेस कुनैबेला पहिलो पार्टी थियो, अहिले दोस्रो छ । माओवादी पनि कुनै बेला पहिलो ठूलो दल थियो ।”

पदीय हिसाबले एकताका सन्दर्भमा छलफल नभएको बताउँदै रायमाझीले कार्यदलले गृहकार्य गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्