काठमाडौं १४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालबाट बैशाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को सातौ महाअधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्री ओलीले भने ,“कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु, राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ ।”
प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने बताए । भ्रष्टाचार नियन्त्रण,ढिलासुस्ती,विकास निर्माण आदि सबै क्षेत्रमा यसै प्रकारका हमला गरेर अघि बढ्ने प्रधानमन्त्रीले उद्धघोष समेत गरे ।
तस्विर : मुकुन्द कालिकोटे