Logo

राजपाको संसदीय दलको नेता महन्थ ठाकुरलाई बनाउँछौँ : यादव



चैत १५, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीले चुनाव सकिएको चार महिना हुन लागिसक्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

पार्टीभित्रको आन्तरिक विवादका कारण दलको नेता चयन हुन नसकेको बताइएको छ ।

राजपाका नेता महेन्द्र राय यादवले विभानअनुसार दलको नेता चयन गरिने बताएका छन् ।

संसदमा उपस्थित अरु सबै दलको नेता चयन भइसके पनि राजपाको मात्रै अहिले सम्म टुङ्गो नलागेको हो । नेता यादवले २–४ दिनभित्रमा दलको नेता चयन गरिने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले पार्टी सामुहिक नेतृत्वमा चल्ने भएकाले संसदीय दलको नेता छलफल गरेर सर्वसम्मतिबाटै छान्ने बताए ।

यादवले अध्यक्षमण्डलको संयोजनक महन्थ ठाकुर नै दलको नेता हुन सक्ने बताएका छन् ।

“६ जनामध्ये जसलाई हामीले मानिरहेका छौँ, त्यही व्यक्तित्व नै आउँछ । महन्थ ठाकुरकै सम्भावना देखिन्छ ।” यादवले भने ।

सरकारमा सहभागि हुने विषयमा कुरा गर्दै यादवले संविधान संशोधन, आन्दोलनमा घाइतेको उपचार, जेलमा थुनिएकाको रिहाई लगायतका माग पूरा नभएसम्म सरकारमा नजाने बताए ।



प्रतिक्रिया दिनुहोस्