Logo

कानुन निर्माणमा सांसदहरुको भुमिका विषयक छलफल कार्यक्रम सम्पन्न



काठमाडौं, १५ चैत्र । संबिधान बमोजिम संसदबाट अब बन्ने ऐन कानुन लैङ्गिक मैत्री बनाउन सांसदहरुको भुमिका महत्वपुर्ण हुने बताइएको छ ।

जागरण नेपालको आयोजनामा राजधानीमा भएको लैङ्गिक मैत्री संघीय कानुन निर्माणमा महिला सांसदहरुको भुमिका बिषयक कार्यक्रममा सांसदहरुले नेपाल नयाँ युगमा प्रबेश गरेकोले अब नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् ।

सबिधानसभाले बनाएको संबिधान बमोजिम संसदबाट बन्ने ऐन कानुन निर्माण र ती ऐन कानुन जनतामुखी बनाउन सबै सांसदको प्रभाबकारी सक्रियता हुनुपर्ने कुरामा जोड दिएका छन ।

सबै खाले हिंसा र अन्याय अन्त नभए सम्म समृद्धि र बिकास हुन नसक्ने भन्दै सांसदहरुले समाजमा रहेका बिकृतिहरुलाई हटाएर सुखी र समृद्धि नेपाल बनाउन आफुहरु लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । स्थायी खालको नयाँ सरकार बनेको सन्दर्भमा बिगतका बिकृति हटाएर सामाजिक न्यायसहितको सुशासनयुक्त समाजको खाँचो रहेको र त्यसका लागि परिबर्तनको प्रारम्भ आफैबाट गर्नु पर्ने आबश्यकता माथि पनि सांसदहरुले जोड दिएका छन ।

संसदमा रहेका ५ वटै राष्ट्रिय पार्टीका सांसदहरुको उपस्थिति रहेको कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले राजनीतिमा महिलाको सहभागिता जति प्रभाबकारी रहेको छ त्यत्तिकै रुपमा अब प्रभाबकारी कानुन निर्माणमा पनि सबै पक्षको सहयोगी भुमिका हुनुपर्ने बताएकी छन ।

मन्त्री अर्यालले सांसदहरुकै सुझाबका आधारमा बर्तमान सरकारले सामाजिक न्याय सहितको नीति तथा कार्यक्रम ल्याउने र स्वास्थ्यसंग सम्बन्धित बिषयमा पनि आफुले समानता र महिलामुखी , जनमुखी भएर योजना बनाएर लागु गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन ।

जागरण नेपालकी अध्यक्ष सम्झना पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कानुनविद् सबिन श्रेष्ठले कानुन निर्माणमा सांसदहरुको भुमिका कस्तो हुने र बिधेयक निर्माण प्रक्रिया बारे जानकारी गराएका थिए ।

समानतामुखी कानुन निर्माणका लागि बिगतमा जस्तै महिलाहरुको ककस बनाउन पनि उनले सुझाब दिएका थिए । तर बिगतमा बनेको महिला ककसको ब्यापक दुरुपयोग भएको र त्यसले नकारात्मक सन्देश दिएको कारण जिम्मेबार राजनीतिक दलका नेताहरु भने ककस बनाउनुपर्ने कुरमा सोच्नुपर्ने हुन्छ भनेका छन् । स्वयं महिला सांसदहरु पनि खुलेर ककस बनाउने पक्षमा देखिएका छैनन ।

संबिधान निर्माणका समयमा ककसको दुरुपयोग कतिपय डोनर एजेन्सीले गरेको र जातजातिबीच रहेका सहिष्णुतालाई खलबल्याउन खोजेको आरोप समेत जिम्मेबार राजनीतिक दलका नेताहरुको रहने गरेको छ ।

अखिल नेपाल महिला संघकी नेतृ एवं जागरण नेपालकी संस्थापक अध्यक्ष शर्मिला कार्कीले राजनीतिमा महिला सहभागिता जस्ता बिषयमा ठुलो उपलब्धि हाँसिल भएकोले त्यसलाई अब सस्थागत गर्नुपर्ने बताएकी छन ।

कार्यक्रमको सहजीकरण गरेका बरिष्ठ पत्रकार टंक पन्तले संसदमा सांसदहरुको भुमिका कसरी प्रभाबकारी हुन सक्छ र सासदहरु कसरी संसदमा प्रस्तुत हुँदा राम्रो हुन्छ भन्ने बिषयमा प्रकाश पारेका थिए । संसद समितिहरुमा हुने छलफल महत्वपुर्ण हुने भएको हुँदा कुनै पनि बिषयमा कुरा राख्नु अघि गहिरो अध्ययन गरी विचार राख्न सुझाव दिएका थिए ।

कार्यक्रममा सांसदहरु गोमा देबकोटा , अमृता थापा , आशाकुमारी बिक , धर्मशिला चापागाई , डा पुष्पा कर्ण, मीना पाण्डे , मैना भण्डारी, नीरा जैरु, जयपुरी घर्ती , बिकास साझेदार संस्थाका गोबिन्द न्यौपाने लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन जागरण नेपालका दिपक वस्यालले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्