चैत १७, काठमाण्डौ । बालुवाटार घेराउ गर्न गएका कृष्ण पहाडीसहित ३२ मानवअधिकारकर्मी पक्राउ परेका छन् ।
प्रहरीले मानव अधिकारमर्की कृष्ण पहाडी, होमनाथ चौलागाई, गंगाधर अधिकारी लगायत ३५ जनालाई नियन्त्रणमा लिएको हो।
नयाँ सरकार गठनसँगै टीकापुर लगायतका घटनामा आरोपीहरुको मुद्दा फिर्ता लिने र आमामाफी दिन खोजिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले धर्ना कार्यक्रम राखेको थियो ।
निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिने एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।