काठमाडौं, १७ चैत्र । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले रिपोर्टर्स क्लब नेपालले सबै पक्षलाई सम्मानपूर्वक फोरम दिएको भन्दै खुलेरै प्रशंसा गरेका छन् ।
शनिबार काठमाडौंको राष्ट्रिसभा गृहमा आयोजित रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सव एवम् पुरस्कार वितरण समारोह–२०७४ मा बोल्दै अध्यक्ष लोहनीले यस्तो बताएका हुन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा लोहनीले शुभकामना व्यक्त गर्दै भने,“क्लब र यसका परिवारलाई धन्यवाद दिन चाहन्छु, तपाईहरुको यो २० वर्षदेखि चलिरहेको अभियान आगामी दिनमा पनि सफल होस् भनेर शुभकामना व्यक्त गर्न चाहन्छु।”
क्लबले सबै पक्षलाई कुनै भेदभाव नगरीकन आफ्ना भावनाहरु जनतासमक्ष पुर्याउन एउटा माध्यमको रुपमा विगत दुई दशकदेखि प्रभाकारी भूमिका निर्वाह गर्दै आएको उनको भनाई थियो । उनले थपे,“यो यसको महत्वपूर्ण योगदान हो । यो पक्ष वा उ पक्ष नभनी, धमलाजीले फोरम प्रदान गर्नुभएको छ, यसको लागि पनि म धन्यवाद दिन्छु । यसले जनता र सरकार (शासक) हरुबीचे सेतुको काम गरेको छ ।”
लोहनीका अनुसार जस्तोसुकै समस्या लिएर आएपनि क्लबले आफ्ना धारणाहरु राख्न दिएको छ । उनले भने,“आफ्नो धारणा जनतासामू पुर्याउन क्लबको भूमिका सशक्त छ । क्लब यही भुमिकामा देखापरेको छ । क्लबको यो परम्परा निरन्तरता होस् ।”
पत्रकारितामा कतिपय कमजोरीहरु भएपनि नेपालबाट अरु देशले पनि सिक्न सक्ने उनको भनाई थिययो । उनले भने,“नेपालको पत्रकारिता जगतमा पक्ष वा विपक्ष लागेर ध्रुविकृत गर्ने चिन्तन देखिएको छैन् । विकसित देशहरुमा बरु के देखिएको छ, एउटा दृष्टिकोणको टेलिभिजन छ भने हेर्दै नहेर्ने, उदारवादी दृष्टिकोण राख्नेले कन्जर्भेटिभ टिभी हेर्ने गरिँिदैन्, एउटा पक्षको विचार अर्को पक्षले क्यारी गरिँदैन् ।”
नेपालको पत्रकार जगत पक्षपातीय दृष्टिकोण्बाट अघि नबढेको भन्दै उनले यो खुशीको कुरा भएको बताए । उनले थपे,“यो राम्रो पक्ष हो । यसले बरु विकासको पथमा अघि बढ्ने परम्परा प्रदान गरोस् ।”