Logo

प्रभावकारी कार्यान्वयनका लागि विज्ञ समूह : मन्त्री अधिकारी



पोखरा, १८ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयका कर्मचारीसहित अवैतनिक विज्ञ समूह बनाएर मन्त्रालयका कामलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।

नेकपा (एमाले) कास्कीद्वारा आज यहाँ मन्त्री नियुक्त हुनुभएकामा आयोजित सम्मान तथा बधाई कार्यक्रममा उहाँले विज्ञ समूहको सुझावअनुसार नै सार्वजनिक गरिएका १६ बुँदे कार्ययोजना कार्यान्वयन गरिने जानकारी दिनुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहनुभएका अधिकारीले पार्टीको विचार, सिद्धान्त, नीति, जनभावनाअनुसार मुलुकको समृद्धिका लागि जिम्मेवार र निर्भिक भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रको हाल दुई दशमलव आठ जिडिपी लाई २५ प्रतिशत बनाएर पर्यटन क्षेत्रलाई मुलुकको मुख्य आम्दानीको स्रोतका रुपमा विकास गर्न क्रियाशील रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेकपा (एमाले) सल्लाहकार परिषद्का उपाध्यक्ष एवं सांसद खगराज अधिकारीले मुलुकको प्राकृतिक स्रोतसाधन, मौलिक संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरेर जनताको रोजगारीसँग जोड्नेतर्पm सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले संघीयता कार्यान्वयनसँगै असीमित जनआकांक्षाअनुरुप तीनवटै तहका सरकारले तीव्ररुपमा कार्यसम्पादन गर्नुपर्ने खाँचो आँैल्याउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्