Logo

खानीस्रोत प्रयोग गर्दा प्रकृतिमा नोक्सान पु¥याउनु हुँदैन : खनाल



काठमाडौँ, १८ चैत (रासस) : नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा भएको प्राकृतिक स्रोतसाधन तथा खनिज पदार्थको अध्ययन तथा उत्खननका लागि आवश्यक परेमा दक्ष जनशक्ति विदेशबाट पनि ल्याउन सकिने बताउनुभएको छ ।

युवासंघ नेपालको प्राकृतिक स्रोतसाधन विभागले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले विकास र समृद्धिका लागि मानव संशाधनको महत्वपूर्ण भूमिका हुने बताउँदै उनीहरुलाई लगानीका लागिसमेत आकर्षित गर्न सकेमा त्यसलाई समाजको विकासमा उपयोग गर्न सकिने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले देशमा भएको जैविक विविधता तथा खानी स्रोतको प्रयोग गर्दा प्रकृतिमा नोक्सान पु¥याउन नहुनेमा पनि जोड दिनुभयो ।

सोही पार्टीका नेता प्रदीप नेपालले देशका सबै प्रदेशमा फरकफरक खनिज सम्पदा र विशेषता रहेको बताउँदै सोही कच्चा पदार्थका आधारमा उद्योगको विकास गर्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले देशको दिगो विकास र समृद्धिका लागि जनताले गठबन्धनलाई जनादेश दिएको बताउँदै प्राकृतिक स्रोतसाधनलाई प्रयोग गर्नका लागि नीति तथा योजनाका साथै कानून निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्