Logo

नगर अधिवेशनमा मुख्यमन्त्री पोख्रेलको विशेष सम्बोधन हुने



तुलसीपुर, १९ चैत्र। तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर अधिवेशनलाई मुख्यन्त्री शंकर पोख्रेलले विशेष सम्बोधन गर्ने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका वैठकले यस्तो निर्णय गरेको हो । चैत्र २१ गतेबाट तुलसीपुर उपमहानगरपालिकाको विशेष अधिवेशनको आरम्भ हुने र पोख्रेलले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उपमहानगरका प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी गराएका छन् ।

प्रवक्ता डाँगीका अनुसार अधिवेशनमा निर्वाचित संघ र प्रदेशका सभासद, राजनीतिक दलका प्रमुख, तुलसीपुर र विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष, र पत्रकारहरुलाई पर्यवेक्षकका रुपमा सहभागी गराइने भएको छ ।

अधिवेशनमा उत्कृष्ट जनमुखि काम गर्ने वडाका अध्यक्षहरुलाई सम्मान गरिने पनि वैठकले निर्णय गरेको छ । यसैगरी पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको निधनप्रति पनि वैठकले शोक प्रस्ताव पारित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्