Logo

गृहमन्त्री थापाद्धारा सुधार कार्य योजना सार्वजनिक (तस्विरसहित)



काठमाडौं, १९ चैत्र । गृहमन्त्री रामबहादुर थापा बादलले आज ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका छन् ।

गृह मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक समारोहको आयोजना गरी उनले कार्ययोजना सार्वजनिक गरेका हुन् । जारी गरिएको कार्य योजनामा राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’ लाई प्राथमिकता दिएका छन् ।

गृहमन्त्री थापाले आर्थिक समृद्धि र विकासमा देखिएको अवरोध हटाउने गरी कार्ययोजना तय गरिएको बताए। गृह प्रशासन सुधारका लागि प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा, काज तथा पदस्थापना मापदण्ड तर्जुमा गरी लागू गर्ने प्रतिवद्धता जनाइएको छ। गृहमन्त्री थापाले ड्रोन उडानसम्बन्धि कार्यविधिमा समसामयिक परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

५ वर्ष भित्र सबै नागरिकहरुलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने कार्ययोजनामा उल्लेख गरिएको छ। कार्ययोजनाको कार्यान्वयनबाट मुलुकको विकास र समृद्धिका लागि आवश्यक शान्ति, सुरक्षा र सुशासन कायम हुने गृह मन्त्रालयको दावी छ। गृहमन्त्री थापाले विधिको शासनको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पारे।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्