Logo

पर्यटन प्रर्वद्धन प्राथकिमतामा : मन्त्री अधिकारी



काठमाडौं, १९ चैत। पर्यटनमन्त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको प्रर्वद्धनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

तीनजुरे गुफा पाथीभरा पदयात्रा महोत्सवबारे जानकारी दिन ताप्लेजुंग सरोकार केन्द्रले आज काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री अधिकारीले नेपालको उड्डयन क्षेत्रको विस्तार र विकासको कामलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताउनुभयो ।

पर्यटनमन्त्री अधिकारीले भैरहबा अन्तरराष्ट्रिय विमानस्थलसँगै निजगढ अन्तरराष्टिय विमानस्थलको निर्माण आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा तीनजुरे गुफा पाथिभरा पदयात्रा महोत्सव चैत्र २६ गतेदेखि बैशाख ३ गतेसम्म हुने र त्यस क्रममा काठमाडौंबाट तीनजुरे गुफा पाथिभरा पदयात्रा गराईने ताप्लेजुंग सरोकार केन्द्रले जनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्