Logo

डायलाईसिस निःशुल्क भएपछि नेपाल मेडिकल कलेजमा बिरामीको चाप बढ्यो



काठमाडौं, १९ चैत्र । मिर्गौलाका बिरामीहरुलाई आवश्यक पर्ने सम्पूर्ण डायलाईसिस निःशुल्क गरेपछि अस्पतालहरुमा बिरामीहरुको चाप बढेको छ ।
नेपाल मेडिकल कलेज जोरपार्टीमा डायलाईसिस गराउने बिरामीहरुको संख्या उल्लेख्य मात्रामा बढेका हुन् ।

डायलाईसिस युनिटकी ईन्चार्ज उषा कार्कीका अनुसार नियमीत १ सय २ जना डायलाईसिसका बिरामी रहेपनि कहिले काही ईमजेन्र्जी केसहरु आउने भएकाले केही बढ्न बढ्न सक्ने बताउँछिन् ।

तत्कालीन स्वास्थ्य मन्त्री गगन कुमार थापाको निर्देशनमा मन्त्रालयले आवश्यकता अनुसारको डायलाईसिस निःशुल्क गर्न आग्रह गरेको थियो ।
बिरामीले मृगौला प्रत्यारोपण नगर्दासम्म हप्तामा तीन पटक सम्म डायलाईसिस गर्नुपर्छ । डायलाईसिस गर्दा हरेक पटक २५ सय रुपैया लाग्छ कार्कीले भनिन ।

हप्ताको तीन पटक र प्रत्येक पटक २५ सय रुपैयाका दरले डायलाईसिसका लागि मात्रै हरेक हप्ता कम्तीमा ७५ सय रुपैया खर्च लाग्ने भएपछि सरकारले सेवा निःशुल्क गरेको हो ।

बिरामीको सहजताका लागि नेपाल मेडिकल कलेजले दिनमा तीन सिफ्ट गरेर डायलाईसिस सेवा दिएको छ । भर्खरै ल्याएका जर्मनीका १४ र जापानीज २ वटा मेसिनबाट सेवा दिएको कार्कीले स्पष्ट पारिन ।

उनले अवस्था हेरेर हरेक दिन ३८ जनाको डायलाईसिस हुदै आएको पनि बताईन । बिरामीलाई कुनै पनि संक्रमण नहोस भनेर कलेजले नया उपकरणको प्रयोग गरि सेवा दिईरहेको छ । बिरामीको चाप बढेको छ उपकरण कम छ त्यसैले बिरामीको चापलाई ध्यानमा राखेर उपकरण थप्न सके अझै सेवालाई प्रभावकारी बनाउन सकिने उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्