काठमाडौं २० चैत । २३ चैतदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै छन् ।
उनले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउने भएका हुन् । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै छन् ।
प्रधानमन्त्री आजै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बैठकमा सहभागि छन् । पुनर्निर्माणलाई कसरी तिब्रता दिने भन्ने विषयमा बैठक केन्द्रित छ ।
त्यसैगरी आजै मन्त्रीपरिषदको बैठकमा पनि प्रधानमन्त्री ओली सहभागि हुँदैछ । नेकपा माओवादी र एमालेबिच पार्टी एकताका लागि बनेको एकता संयोजन समितिको बैठकमापनि ओली सहभागि हुने कार्यक्रम छ ।
यस्तै भारत भ्रमणका लागि गृहकार्यमा पनि ओली सक्रिय हुनेछन् ।