Logo

स्वतन्त्र शैक्षिक परामर्श संघको वार्षिक कार्यक्रम सार्वजनिक, विभिन्न व्यक्तिलाई प्रशंसा पत्र



चैत २०, काठमाण्डौ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन फेकनले अइतबार वार्षिक क्यालेन्डर सहित कार्ययोजना सार्वजनिक गरेको हो ।

एक वर्षभित्रमा शैक्षिक परामर्शको विषयमा तालिम सञ्चालन गर्ने, विभिन्न खेलकुद, साधरण सदस्यको भेला गर्ने, विभिन्न एजेण्ट भेला, सेमिनारहरु सञ्चालन गर्ने, विभिन्न समसामयिक विषयमा अन्तरक्रिया गर्ने लगाएतको कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

वैठकले आर्थिक समिति, अनुशासन नीति निर्माण तथा कानुन समिति, विदेश विभाग समिति तथा कार्यक्रम संयोजन समिति समेत विभाजन गरिएको संघकी बरिष्ठ उपाध्यक्ष गिता रिजालले जानकारी दिईन् ।

शैक्षिक परामर्श सेवा सम्बन्धी आचार संहिता पनि फेकनका सदस्यहरुमा लागू भएको छ ।

वार्षिक कार्यतालिका सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष युवराज कटवालले संघलाई उचाइमा पु¥याउनका लागि वर्तमान कार्यसमितिले कटिवद्ध भएर लाग्ने बताए । अबको २ वर्षमा कार्यसमितिले अहिले लिएको लक्ष्य प्राप्त गर्ने समेत उनको दाबी छ ।

बैठकले आगामी कार्यनीतिको सम्वन्धमा पनि विभिन्न निर्णयहरु गरेको छ । संगठन विस्तार, शैक्षिक परामर्श सेवा सम्वन्धी नीति निर्माणमा पहुँच, ब्यवसायीक सुरक्षा, सामजिक सेवा तथा नेतृत्व विकासको विषयमा समेत निर्णय गरेको कटुवालको भनाई छ ।

अध्यक्ष युवाराज कट्वालले फेकन राष्ट्रिय मात्र नभै अन्तराष्ट्रिय रुपमा चर्चा कमाएको सस्था भएको बताए । यस संघलाई थप उचाईमा पुर्याउनको लागि नव निर्वा्चित कार्यसमितिको भुमिका हुनुपर्ने बताए । शैक्षिक परामर्श संघको विषयमा नीति निर्माणमा समेत अन्योल रहेको भन्दै उनले राज्यलाई यसबारे जानकारी दिन आफु लाग्ने बताए ।

फेकनले पूर्व कार्य समितिमा रहेका प्रथम उपाध्यक्ष वासुदेव नेपाल, उपाध्यक्ष प्रज्जवल बस्नेत र महासचिव प्रितम खड्कालाई सम्मान सहित प्रशंसा पत्र वितरण गरेको छ ।
उपाध्यक्षमा दीपक सिलवाल, लवराज मैनाली र सदस्यमा प्रदीप सेन ठकुरीलाई मनोनित गरेको छ । त्यस्तै, प्रा.डा सुरेन्द्र केसीलाई सम्मानपत्र सहित वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको छ ।

निमास एजुकेशनका सरोज थापा र रेस एडुकेयरका राजन अर्याललाई फेकनको हरेक काममा योगदान पु¥याएको र संस्थालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पहिचान गराउन सफल भएकोमा सम्मानसहित प्रशंसा पत्र वितरण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्