Logo

कृषिका साथै जलमार्ग र रेलमार्गबारे कुराकानी गर्छु : प्रधानमन्त्री



काठमाडौं, २० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग भरपर्दो मित्रता विकास गर्न चाहेको बताएका छन् ।

आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताए । उनले अघि भने, “मितत्रा कसरी हुन्छ भने सम्वन्ध समानता र हअस्तक्षेपका आधारमा हुन्छ ।”

आफ्नो भारत भ्रमणलाई राष्ट्रहितमा केन्दि्रत गर्न प्रयास गर्ने उनले बताएका छन् । ओलीले आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने हुने बताए । उनले भने,”कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु ।”

ओलीले नेपाल र भारतको सम्बन्ध कसैले बिगारेर नबिग्रने बताएका छन्। प्रधानमन्त्री ओलीले भने,‘नेपाल र भारतका बीचमा सदियौँदेखि बहुआयामीक सम्बन्ध छ। त्यो सम्बन्ध मैत्रीपूर्ण छ। कहिले-कहिले कसैकसैले बिर्गान खोजे पनि त्यो बिगार्न सजिलो छैन, खासगरी हामीले हाम्रा भावना र समस्या स्पष्ट ढंगले मैत्रीपूर्ण ढंगले राख्यौँ भने हाम्रा हितलाई उसले सुन्नुपर्छ।’

उनले अन्तराष्ट्रिय उत्तरदायित्व र कर्तव्य, नेपाल पक्ष भएका सन्धि सम्झौता, पक्ष नभएका सन्धि सम्झौता जेजेमा पनि परिस्थिति अनुसार सम्बन्ध अघि बढ्ने प्रष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्