Logo

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन कांग्रेसले कुनै कसर बाँकी राख्दैन, उहाँले उठाएका मुद्दा अत्यन्तै राम्रा छन् : सशांक कोइराला



काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल हुने विश्वास दिलाएका छन् ।

मंगलबार आफ्नो भारत भ्रमणबारे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेलगत्तै पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै कोइरालाले यस्तो बताएका हुन् ।

उनले भने,‘ओलीजीले जुन मुद्दा उठाउनु भएको छ, यो धेरै राम्रो छ, उहाँका अभिव्यक्तिहरु सन्तुलित र राम्रा छन्। यो भ्रमण सफल बनाउन कांग्रेसले कुनै कसर बाँकी राख्दैन् । उहाँले भनेजस्तो भारतबाट रेल र जलमार्ग दुवै नेपाल आउँछ ।’



प्रतिक्रिया दिनुहोस्