Logo

नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंक बीच सम्झौता



काठमाडौं, २० चैत्र । नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंक बीच आज एक समारोहको आयोजना गरी द्विपक्षिय सम्झौतामा हस्ताक्षर भएको छ ।

बैंकका ग्राहकहरुलाई नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा सहज र सुविधायुक्त उपचारका लागि दुवै पक्षले सहकार्य गरी नेपालीहरुको सम्पूर्ण उपचार अब देशमै सम्भव बनाउने अभियानमा सरिक हुन द्धिपक्षीय हस्ताक्षर भएको हो ।

मंगलबार नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले द्विपक्षिय सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपालीहरुलाई उपचारका लागि अब विदेश जानु नपर्ने र सबै नेपालीले धान्न सक्ने अस्पतालको रुपमा नेपाल मेडिसिटीले आफ्ना सेवाहरुलाई राष्ट्र सेवामा समर्पित गरेको मेडिसिटी अस्पतालमा महाप्रबन्धक विजय रिमालले बताए ।

ग्लोबल आईएमई बैंक र नेपाल मेडिसिटी अस्पतालले आउंदा दिनहरुमा विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने र आफ्ना ग्राहकहरुलाई थप सुविधा दिन पहल गर्ने पनि सो अवसरमा जानकारी गराईयो ।



प्रतिक्रिया दिनुहोस्