Logo

वाम एकता संयोजन समितिको बैठकमा पत्रकार धमलाका कार्यक्रमका बारेमा चर्चा



काठमाडौं, २० चैत्र । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गर्न गठित वाम एकता संयोजन समितिको बैठक आज बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताको लागि आगामी बैशाख ९ गतेलाई सिफारिश गरेको छ । रोचक त के भने आजको बैठकमा पत्रकार ऋषि धमलाको बारेमा शीर्ष नेताहरुले चर्चा तथा परिचर्चा गरेका थिए ।

समितिले पार्टी एकताको लागि बैशाख ९ गतेको मिति नै तय गरेपछि नेताहरुमा खुशीयाली छाएको थियो । सबै नेताहरु फोटो सेसनमा व्यस्त थिए । यतिकैमा धमलाको उपस्थितिले माहोल झनै तताएको थियो ।

ऋषि धमलाको चर्चा फोटो खिच्ने विषयले पाएको थियो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सुरुमै “जनता चान्न चाहन्छन्” भन्ने कार्यक्रममा भोलि विहान कमरेड झलनाथ खनालको अन्र्तवार्ता लिनुहोस्, हामी सुन्न आँतुर छौं।”

उनले त्यतिमात्रै भनेन अर्को प्रश्न समेत तेर्साए । “भोलि को को सँग अन्र्तवार्ता लिनुहुन्छ, धमलाको हमला, जनता जान्न चाहन्छन्, नेपाली बहसको बारेमा कुराकानी भयो ।

आजको बैठकमा माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ र एमालेका तर्फबाट ईश्वर पोखरेलले मिडियालाई प्रतिक्रिया दिएका थिए । बैठक सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरु प्रचण्ड, खनाल र नेपाललाई माथि लिएर गएका थिए ।



प्रतिक्रिया दिनुहोस्