काठमाडौं, २० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा तीन मन्त्रीसहित ५३ जना सहभागी हुनेछन् ।
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा पत्नी राधिका शाक्यसहित परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पनि रहने निर्णय गरेको छ ।
काठमाडौबाट जाने सरकारी टोलीमा ४४ जना र दिल्ली दुतावासका ९ जना अधिकारी सामेल हुनेछन् । प्रधानमन्त्री ओलीले आगामी शुक्रवारदेखि आइतवारसम्म भारतको भ्रमण गर्दैछन् ।
सरकारीजतिकै संख्यामा निजी क्षेत्रका सञ्चारकर्मी र अन्य व्यवसायीहरु पनि सहभागी हुने स्रोतको दाबी छ । त्यस्तै सांसदहरु माओवादी केन्द्रका दिनानाथ शर्मा, रामेश्वर राय यादव राष्ट्रिय जनता पार्टीका शरदसिंह भण्डारी, संघीय समाजवादी फोरम पार्टीका विमल श्रीवास्तव पनि भ्रमण टोलीमा छन् ।