Logo

‘भारतलाई विश्वासमा लिने विषय प्रधानमन्त्रीको क्षमतामा भरपर्छ’



चैत २१, काठमाण्डौ । नेपाली कांगेसका महामन्त्री डा. शशांक कोइरालाले भारत भ्रमणका विषयमा प्रधानमन्त्री केपी ओलीले संसदमा जानकारी गराएका विषय अत्यन्त राम्रो भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले राम्रो सम्बन्ध विकास हुने गरी भारत भ्रमणमा जान लागेको र विगतमा सम्झौता कार्यान्वयन गर्नेतिर आफू केन्द्रित हुने भन्ने कुरा सकारात्मक भएको बताए ।

नयाँ विषयमा भने देश र जनताको हितमा हुने गरी मात्रै निर्णय गर्छु भन्नुलाई आफूले सकारात्मक रुपमा लिएको उनको भनाई छ ।

भारतसँगको सहकार्यमा नेपालमा रेलमार्ग बनाउने कुरा सम्भव भएको भन्दै प्रधानमन्त्री ओलीको एजेण्डालाई कोइरालाले समर्थन गरेका छन् ।

भारतलाई विश्वासमा लिएर काम गर्ने विषय प्रधानमन्त्री ओलीको क्षमतामा भर पर्ने कोइरालाको भनाई छ ।

राष्ट्रका लागि प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल रहोस् भन्दै कोइरालाले शुभकामना दिएका छन् । “म त चाहन्छु, प्रधानमन्त्रीको भारत भ्रमण सफल होस्, लिएर गएका योजनाहरु जनताको हितमा हुने गरी सफल होस् । तर सुमधुर सम्बन्ध कायम हुनुपर्छ ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्