Logo

ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रचण्डको नयाँ विचार सार्वजनिक : नेपालको विकासमा मोदी र सी जिङपिङको साथ



पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, नेकपा माओवादी केन्द्र
स्थायित्वमा दुईवटा विषय हुन्छन्— सुशासन र स्थायित्व । मुलुकमा आर्थिक सम्मृद्धि ल्याउनका लागि यो अनिवार्य भएको छ । समृद्धिको विषय भन्दै गर्दा समाजवादको आधार निर्माण गर्नुपर्छ । यसलाई सैद्धान्तिक कोणबाट हेर्न जरुरी छ । सैद्धान्तिक बुझाइ भनेको जबसम्म देशमा राष्ट्रिय पुँजीको बिकास हुँदैन, अथवा पुँजीवादको विकास हुँदैन आर्थिक समृद्धि आउँदैन । आर्थिक समृद्धिका लाग पुँजीको विकास हुनैपर्छ । गरिबको बीचमा समाजवाद हुने होइन धनीहरूको बीचमा हुन्छ । जनता धनी भएपछि मात्रै देशमा समाजवाद आउने हो । यहाँ कोही कोहीले भन्छन् नि गरिब–गरिब मिलेर केही गर्छन् त्यो होइन । पुँजीको विकास जस्तै कलकारखाना, रोजगारी, यातायात, बिजुली, पानी, पर्यटनलगायत सबैमा राम्रो विकास नभइकन समाजवाद आउँदैन । हाम्रो पहिलो भिजन भनेको विकसित हुनुप¥यो । देश साँच्चिकै विकसित बनाउने हो भने जनता धनी हुनुप¥यो । धनी हुनलाई सुशासन हुनुपर्छ । सुशासन हुनलाई स्थायी सरकार चाहियो । कर्मचारीमा भ्रष्टाचार हुनु भएन । मुलुकमा भइरहेको कमिसनतन्त्रको जालो तोडिनुप¥यो र वातावरण राम्रो हुनुप¥यो । दोस्रो कुरा राजनीतिक अराजकता र द्वन्द्व अन्त्य हुनुपर्छ । बन्द, हडताल र आन्दोलनले विकास हुन सक्दैन । त्यसैले विकासको पहिलो सर्त राजनीतिक स्थायित्व हो । स्थायित्वबाट नै जनता धनी हुन्छन् । हामीले पब्लिक, प्राइभेट पार्टनरसिप भनेका छौं । लगानीको वातावरण बनाइदिनुपर्छ । उद्योगधन्दा, कलकारखाना, अस्पताल निर्माणमा आवश्यक ऐन, कानुन बनाउनुपर्छ । सहकार्य गर्दै मिलेर काम गरौं भन्ने वातावरण निर्माण गर्नुपर्छ ।

म प्रधानमन्त्री हुँदा राजनीतिक स्थायित्व गर्नका लागि मधेस केन्द्रित दलहरूसँग वार्ता, संवादमार्पmत मिलाउने प्रयास भइरहे । यतापट्टि लोडसेडिङ अन्त्य गर्नका लागि जनार्दन शर्मालाई ऊर्जामन्त्री बनाउनुका साथै कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको महाप्रबन्धक बनाइयो । मैले लोडसेडिङ अन्त्य गर्नुपर्छ है भनेँ र त्यसअनुसार काम पनि भयो । दस महिना प्रधानमन्त्री हुँदा एक दिन पनि बन्द हडताल भएन । फटाफट कामहरू हुँदै गयो । वृद्धिदर सात प्रतिशतभन्दा माथि पुग्यो ।

नेपालमा लोडसेडिङ अन्त्य गर्नका लागि सबैतिरबाट राम्रो भूमिका निर्वाह भयो । राजनीतिक स्थायित्वसँगै विकास जोडिएको छ । हामी आपैmं लडाइँ र झगडामा लाग्यौं भने त विदेशीले पैसा पनि दिँदैन, लगानी पनि हुँदैन । यस अवस्थामा विकास हुन सक्दैन । अर्को विषय लगानी गर्नका लागि ‘पब्लिक प्राइभेट पार्टनरसिप’ भनेका छौं । निजी क्षेत्रलाई पनि राम्रो वातावरण दिनुपर्छ । उद्योग, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्नुपर्छ । सरकारले आवश्यक ऐन, नियम र कानुन बनाएर लगानी योग्य वातावरण सिर्जना गर्नुपर्छ । पब्लिक सेक्टर र प्राइभेट सेक्टर मिलेर काम गर्नुपर्छ । तेस्रो आजको ग्लोबलाइज वल्र्डलाई भूमण्डलीकृत भनिन्छ । दुनियाँमा विदेशी लगानीलाई नलिइकन हामी एक्लै विकास गर्छांै भनेर मात्र हुँदैन । त्यो हाम्रो मात्र बुताले सम्भव छैन । राजनीतिक स्थायित्व भएपछि लगानी आउँछ । नेपाल जस्तो सुन्दर देशमा लगानीको ओइरो आउँछ । सय वर्षमा गर्ने काम १० वर्षमा मात्र हुन सक्छ । विकासको कामलाई गति दिनका लागि विदेशी लगानीको आवश्यक पर्दछ । विदेशी लगानी त्यतिबेला आउँछ जतिबेला देशमा सुशासन र राजनीतिक स्थायित्व हुन्छ । नेपालजस्तो यति धेरै सम्भावना भएको सुन्दर देश हो । जताबाट हेर्दा पनि नेपालमा लगानी गर्नेको ओइरो देखिन्छ । हामीले देशको कुन क्षेत्र प्राथमिक हो त्यो स्पष्ट गर्नुपर्छ । लगानी मैत्री वातावरण बनाउन भने परम्परागत यथास्थितिवादी कानुनी अड्चनहरूमा फेरबदल ल्याउनुपर्छ । यस्ता जञ्जाल देखेर पनि कतिपय लगानीकर्ता त्यसै फर्किएका छन् । आपैंmले आपूm रोक्ने शैलीका कानुनी अड्चनसमेत छन् । त्यस्ता जञ्जालहरूलाई रोकेर विकास सहज हुने ऐन कानुन बनाउनुपर्छ । यी विषय स्पष्ट भयो भने विकासको पाइला सहज र छरितो हुन सक्छ ।

नेपालमा पूर्वाधारको निर्माण जस्तै बाटोघाटो, रेल्वे लाइन द्रुत गतिमा बन्छ । रेल्वे लाइन पक्का आउँछ । उत्तरबाट पनि आउँछ, दक्षिणबाट पनि आउँछ रेल अब । दुईतिरबाट आउने पक्का भइसक्यो । अब मुलुक अगाडि बढिसक्यो कसैले रोकेर रोक्न सक्दैन । ठूलाठूला जलविद्युत् उत्पादन हुन्छ, ठूलाठूला बाटाहरू बन्छन् । ठूलाठूला उद्योगहरू बन्छन् जस्तै सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने, रोजगारीको अवसर स्थापना गर्न उद्योगहरू स्थापना हुन्छन् । हामीले कृषिमा आधारित उद्योगहरू स्थापना गर्ने र प्रचुर मात्रामा रोजगारीको सिर्जना गर्ने तर्फ काम गर्नुपर्छ । शिक्षामा सुधार नगरी विकास हुँदैन । त्यसका लागि राम्रा कलेजहरूको स्थापना गर्नुपर्छ । अब बेरोजगार सिर्जना गर्ने शिक्षा होइन रोजगार दिन सक्ने शिक्षाको आवश्यकता छ, जसमध्ये भोकेसनल र प्रयोगात्मक शिक्षा पनि पर्दछ । अबका शिक्षा नीतिले सीधैं जनताको उत्पादनमा वृद्धि गरोस् । जनताको जीवनमा आर्थिक समृद्धि ल्याउने शिक्षानीति अहिलेको आवश्यकता हो । शिक्षामा राम्रो पाठ्यक्रम नबनेर पनि विकृतिहरू आएका छन् । त्यसको लागि नैतिक शिक्षाको आवश्यकता छ । नैतिकता भएन भने मानिस शिक्षित भएको अनुभूति हुँदैन । सानैदेखि नैतिक शिक्षा पढाउनुपर्छ । मानवजातिको निम्ति काम गर्ने आदर्श समाजको निर्माण हुनुपर्छ । शिक्षा नीति वैज्ञानिक नहुँदा बोक्सी, धामी, छाउपडी, विवाहगर्दा सम्पत्ति चाहिनेजस्ता अन्धविश्वास र कुरीतिहरू व्याप्त छन् । समाजबाट कुरीतिहरू समाप्त गर्नुपर्छ । बच्चादेखि यी विषय समाप्त गर्ने चेतना भर्ने गरी शिक्षादीक्षा दिने अवस्था बनाउनुपर्छ । हाम्रो देशमा भारत र चीन दुवैको नेपालको राजनीतिक स्थायित्वप्रति समर्थन छ । नेपालको राजनीतिक स्थायित्वप्रति भारत र चीन दुवैको समर्थन छ । यो नेपालीका लागि खुसीका कुरा हुन् । दुवै छिमेकीका अलावा हामीलाई निस्वार्थ माया गर्ने देशहरूसँग सुमधुर सम्बन्ध बनाएर जानुपर्छ । अब हामी प्रो नेपाली हौं । राजा महाराजाको पालामा प्रो इन्डियन भन्ने प्रो चाइजिन बनाएर र फुटाएर शासन गर्ने गर्थे । विकास गर्नु नपर्ने फुटाएर र दोष देखाएर शासन गर्थे । अब त्यो जमाना गयो । विकास गर्नुपर्ने समय आयो । हामी प्रो नेपाली हौं र भारत र चीनको विकासबाट फाइदा लिने हो । दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाउने हो । उनीहरूको सहयोग र सद्भाव लिने हो । सन्तुलित परराष्ट्र नीति बनाउन सकिन्छ । दुवै छिमेकीको तुलनामा हाम्रो भूगोल पनि सानो छ र जनसंख्या पनि थोरै छ । सन् २०१७ मा गोवामा प्रधानमन्त्री नरेन्द्र मोदी र सी जिङपिङसँग बस्दा मैले भनेको थिएँ— त्रिदेशीय साझेदारीमा जाने सम्भावनाबारे हामी सानो देशले भनेको तपाईंहरूलाई कस्तो कस्तो लाग्ला पनि भनेको थिएँ । त्यतिबेला, मोदीले नेपाल सानो छैन भन्नुभयो र सी जिङपिङले पनि इतिहास हे¥यो भने नेपालको भूमिका धेरै ठूलो छ भन्नुभयो । यो मनोविज्ञानलाई नेपाली र नेपालका राजनीतिक दल, नेता, साहित्यकार, बुद्धिजीवी सबैले जानेमा भारत र चीनसँग राम्रो र सन्तुलित सम्बन्ध बनाएर नेपालको विकासलाई तीव्र गति दिन सम्भव छ । मैले भनिनँ मात्र गरेँ पनि । मोदीजी र सी जिङपिङजी दुवैको विश्वास लिएर सहयोग र साथ लिन सकेँ । दुवै नेतासँग एकै ठाउँमा बसेर कुरा गरेँ, यो मेरा लागि गौरवको कुरा हो । दुवैसँग सन्तुलित सम्बन्ध बनाएर गएको थिएँ । दस महिनामा त्यस्तै भयो र गयो पनि । अब पनि त्यस्तै सम्बन्ध हुन्छ र मुलुक विकासको गतितर्फ बढ्छ ।

यो गठबन्धनलाई भारतबाट पनि राम्रो सम्बन्ध बनाएको छ । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाँदै हुनुहुन्छ, त्यसले पनि अझ वातावरण बनाउँछ । चीन जानुहुन्छ र त्यस्तै वातावरण बन्छ । मलाई लाग्छ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङ पनि नेपाल भ्रमणमा आउनुहुन्छ । अब दुवै देशका नेताको भ्रमण हुने र सन्तुलित सम्बन्धको वातावरण बन्छ । हामी वातावरण बनाउन प्रयत्नरत छौं । सन्तुलित विदेश नीति नेपालको ऐतिहासिक विदेश नीतिका रूपमा स्थापित हुन्छ ।

देश संघीयतामा गइसकेको छ । संघीयता कार्यान्वयनमा केही अप्ठ्यारो आउँलान् । दुनियाँभर नयाँ प्रणाली अपनाउँदा अप्ठ्यारा आउन सक्लान् । नेपालमा पनि केही समय के हो के होला भन्ने देखिएको मात्र हो । सिंहदरबारको अधिकार जनतामा गएको छ । जनता तलदेखि नै सक्रिय हुने र विकास निर्माणमा लाग्ने अवसर प्राप्त भएको छ । सबै अप्ठ्यारा पार गरेर बढ्नुपर्छ । नेपाली जनता दुःख गर्न तयार छौं । मुख्यमन्त्रीलाई बस्ने आवासको व्यवस्था नभए पनि मिलाएर बसेका छन् । छ भने ठीकै छ छैन भने दुःख गरेर भए पनि बनाउने गर्छौं । अब पछि हट्ने सवाल छैन, गरेर देखाउने हो । मेहनत गरेर र स्रोतको उचित बाँडफाँड गर्ने र सदुपयोग गर्नेतर्फ लाग्नुपर्छ ।

रिपोर्टर्स क्लब नेपालको संस्थागत स्मारिका—२०७४ ‘अब समृद्धिको पाइला’ बाट



प्रतिक्रिया दिनुहोस्