Logo

यस्तो छ प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणको व्यस्त तालिका



चैत २२, नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली भोली शुक्रबारदेखि तीन दिने भारत भ्रमणमा जाँदैछन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग वान टु वान वार्तादेखि विभिन्न समारोमा भाग लिदैछन् ।

प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार भारतको राजकीय भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री ओली शुक्रबार विहान करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थगान गर्नेछन् ।

दिउँसो करिब साँढे एघार बने प्रधानमन्त्री ओली नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् । विमानस्थलबाट उनी सिधै होटल इम्पेरियरमा जानेछन् । होटलमा नै भारतीय उद्योगि तथा व्यापारीहरुसँग वृहत अन्तक्रिया गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा लगानीको ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने छन् । कार्यक्रमपछि ओली दिवाभोजमा सहभागी हुनेछन् ।

दिवाभोजपछि भेटघाट कार्यक्रम तय गरिएको छ । भारतीय राजनीतिक दलका नेताहरूले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्ने। भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्ने बताइएको छ ।

त्यसपछि प्रधानमन्त्री ओली भारतस्थित नेपाली दुतावासमा आयोजित विशेष कार्यक्रममा सहभागि हुनेछन् । दुतावासका प्रतिनिधीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपाल भारत सम्बन्ध, भारतमा रहेका नेपालीहरुको अवस्था लगायतका बारेमा जानकारी लिने बताइएको छ ।

नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा एक होटलमा आयोजना गर्ने रात्रीभोजमासमेत सहभागी हुनेछन् । रात्रीभोजमा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय पनि सहभागी हुनेछन् । दूतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई पनि निमन्त्रणा गरेको छ ।

दुतावासको कार्यक्रमपछि ओली पुनः होटल इम्पेरियर फर्किनेछन् र विभिन्न व्यक्ति तथा समुहसँग भेटघाट गर्नेछन् । शनिवार भने प्रधानमन्त्रीले भारतीय राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीको स्वागत तथा गर्ड अफ अनर ग्रहण गर्नेछन् ।

त्यसपछि ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि दिल्लीको राजघाटस्थित अहिंसावादी नेता महात्मा गान्धीको समाधीस्थलमा पूष्पगुच्छा अर्पण गर्ने कार्यक्रम रहेको दिल्लीबाट पत्रकार ऋषि धमलाले जानकारी दिए ।

समाधिस्थलबाट फर्किएपछि हैदरावाद हाउसमा सुरूमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच वन टु वन वार्ता हुने छ । लगत्तै प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा छलफल कार्यक्रम तय गरिएको छ ।

छलफलपछि दुई देशबीच हुने सम्झौता तथा पत्रआदनप्रदान सम्बन्धी कार्यक्रम गरिने छ । लगत्तै संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिने र ओली र मोदीले सम्बोधन गर्नेछन् ।

सम्बोधनपछि हैदरावाद हाउसमै दिवाभोज कार्यक्रम राखिएको छ ।दिवाभोजपछि साँझ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

भ्रमणको अन्तिम दिन २५ चैत –ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जाने कार्यक्रम रहेको छ । विश्वविद्यालयले ओलीलाई मानार्थ डाक्टरको उपाधि दिन लागेको छ । सोही दिन साँझ प्रधानमन्त्री ओली दिल्लीबाट स्वदेश फर्किनेछन् ।



प्रतिक्रिया दिनुहोस्