Logo

मोदीले ओलीलाई ‘सरप्राईज गिफ्ट’ दिने, रिसिभ गर्न आँफै आउने !



काठमाडौं, २२ चैत्र । भोलिदेखि तीन दिने राजकीय भारत भ्रमणमा रहने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरप्राईज गिफ्ट दिने बुझिएको छ ।

भारतीय सूत्रहरुले दिएको जानकारी अनुसार ओलीलाई ईन्धिरा गान्धी एयरपोर्टमा रिसिभ गर्न पनि मोदी नै आउन सक्नेसम्मको संभावना देखिएको छ । ०६२ ६३ को जनआन्दोलनलगत्तै भारत भ्रमणमा जाँदा तत्कालिन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह नै कोइरालालाई एयरपोर्टमा रिसिभ गर्न आएका थिए ।

त्यसैगरि यो पटक ओलीको मन जित्न र उनलाई सरप्राईज दिनको लागि मोदी नै विमानस्थल जान सक्नेछन् । यसअघि मोदी बंगलादेशकी प्रधानन्त्री शेख हसिनालाई रिसिभ गर्न एयरपोर्ट पुगेका थिए ।

त्यस्तै ओलीको भ्रमणलाई ऐतिहाँसिक एवम् फलदायी बनाउनको लागि भारतले विशेष आर्थिक सहयोगको प्याकेज समेत घोषणा गर्ने स्रोतको दाबी छ ।यो भ्रमणमा भारतले काठमाडौंसम्म रेल ल्याईपुर्याउने बारेमा पनि विशेष सम्झौता गर्ने तयारी गरेको छ । अरुण तेस्रो भारतले नै बनाउने करिब करिब निश्चित भैसकेको छ । भारतले नेपालमा रेलमार्ग र जलमार्ग दुवै ल्याउनेबारे ओलीको यस भ्रमणमा प्याकेजमै केही घोषणा गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्