Logo

व्यक्तिभन्दा काम महत्वपूर्ण हुन्छ, मलाई होइन, मेरा कामहरुलाई भोट हाल्नुस : राजेन्द्र रिजाल



चैत २३, काठमाण्डौ । वैदेशिक शिक्षाका लागि विभिन्न मुलुकमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिदै आएका शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) नयाँ नेतृत्वको संघारमा छ । ईक्यानले आगामी वैशाखमा नयाँ नेतृत्वको लागि निर्वाचन गर्न लागेको हो ।

शैक्षिक परामर्श व्यवसायीहरुको विभिन्न छाता संगठनमध्ये सबैभन्दा ठूलो र व्यवस्थित संगठन ईक्यानले परामर्श व्यवसायसँग सम्बन्धित नीति नियम बनाउने कुरामासमेत सरकारसँग समन्वय गर्ने हैसियत राख्दछ । सरकारले पनि ईक्यानलाई महत्वका साथ नीतिगत सुधारका कुरामा ईक्यानलाई साथ लिने गर्दछ ।

त्यसैले पनि इक्यानको नेतृत्व जति सक्षम भयो त्यति नै यसको महत्व प्रभावकारिता बढ्ने भएकाले ईक्यानमा आवद्ध सदस्यहरु कुशल र योग्य नेतृत्वको खोजीमा छन् ।

चुनावका लागि विभिन्न पदका लागि उम्मेदवारी सार्वजनिक भइरहेका छ ।

यही क्रममा इक्यानको अघिल्लो निर्वाचनमा उपाध्यक्षका लागि सबैभन्दा बढि मत ल्याएर बरिष्ठ उपाध्यक्षमा निर्वाचित राजेन्द्र रिजालले यसपटक पनि उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्, । रिजाल त्यही व्यक्ति हुन्, जसले नेपालमा पृथक र गुणस्तरीय परामर्श कम्पनीको रुपमा काठमाडौँ इन्फोसिस् एजुकेशन कन्सल्टेन्सीलाई चिनाउन सफल भएका छन् ।

ईक्यानभित्र असर इमानदार र योग्य व्यक्तिको रुपमा परिचित भएकाले नै उनले अघिल्लो चुनावमा भएको उपाध्यक्षपदमा उम्मेदवारी दिएका ६ जनामध्ये सबैभन्दा बढि मत ल्याएर प्रथम उपाध्यक्षको रुपमा निर्वाचित हुन सफल भए ।

अघिल्लो कार्यकालमा तालिम तथा प्रमोशन विभिागमा रहेर सय भन्दा बढिको संख्यामा व्यवसायीहरुको क्षमता अभिबृद्धि लगायतका तालिमहरु संचालन गरेर आफ्नो कार्यकौशलता प्रर्दशन गरिसकेका साथै इक्यान भित्र तार्किक र स्पष्ट विचार एवम् दुरगामी दृष्टिकोण राख्न सक्ने ब्यक्तिको परिचय बनाएका रिजालसँग आसन्न निर्वाचनको सेरोफेरोमा रहेर कुराकानी गरिएको छ ।

ईक्यानले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्दैछ । यो निर्वाचनलाई कसरी लिनुभएको छ ?
हरेक दुई वर्षमा आउने निर्वाचन हाम्रो लागि चाडपर्व जस्तै हो । शैक्षिक परामर्शदाताहरुको छाता संगठनमध्ये सबैभन्दा ठूलो संगठन भएकाले निर्वाचन र नयाँ नेतृत्वको विषयलाई सामग्र राष्ट्र र परामर्श व्यवसायसँग सम्बन्धित अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ हेरेको छ । म पनि उत्साहित छु ।

निर्वाचनमा तपाईको उम्मेदवारीबारे जानकारी गराइदिनुस् न ।
म अहिले वरिष्ठ उपाध्यक्ष छु । यसपटक पनि म उपाध्यक्ष पदकै लागि उम्मेदवारी दिने तयारीमा छु ।

एउटै पदमा दुईपटक किन ? तपाई अध्यक्षका लागि….
धेरैभन्दा धेरै योग्य व्यक्तिलाई कार्यसमितिमा अटाउन सकियोस् भनेर म दोस्रो पटक पनि उपाध्यक्षका लागि नै चुनाव लड्दैछु । पदाधिकारीको रुपमा कार्यसमितिमा आउने व्यक्तिहरुको ज्ञान, सीप र क्षमताले नयाँ, राम्रो र हाम्रो ईक्यान बनोस् भन्ने चाहना छ । सबल र सक्षम ईक्यान नै हाम्रो परिकल्पना हो । सबै सदस्यले म ईक्यानको सदस्य हुँ भन्दा गर्वको अनुभूति होस् । मेरो उद्देश्य ईक्यानलाई उदाहरणीय संस्था बनाउने हो, न कि म आफू ठूलो पदमा पुगौँ ।

ईक्यानको नेतृत्व सर्वसम्मत हुन सक्ने अवस्था देखिएन । समुहगत रुपमा चुनाव लड्ने प्रवृत्तिले अहिले पनि निरन्तरता पाउँदैछ । यसरी नेतृत्व चयन गर्दा योग्य र सक्षम व्यक्ति नेतृत्वमा पुग्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
चुनाव भनेको असाध्यै निर्दयी हुने रहेछ । सक्षम उम्मेदवारलाई पाखा लगाएर असक्षम उम्मेदवार निर्वाचित हुने लहर पनि देखियो । त्यसकारण ईक्यानमा आवद्ध सदस्यहरुले योग्य र सक्षम उम्मेदवार चयन गर्न सक्नुपर्छ । जो मान्छे कुर्सी ओगट्न मात्रै बस्छन्, त्यस्ता व्यक्तिलाई निर्वाचित गर्नुहुँदैन । यसले ईक्यानलाई कमजोर बनाउँछ । विगतमा पनि ईक्यानमा जे जति परिवर्तन हुन सक्थ्यो, त्यति हुन सकेन । यसको प्रमुख कारण अयोग्य व्यक्ति कुर्सीमा पुगेका कारण नै हो ।

के काम हुनुपथ्र्यो ? के काम हुन सकेन ?
वृद्धि विकास भनेको सबै क्षेत्रमा बराबर हुनुपर्छ । तर ईक्यानभित्र कतै मोटाएको कतै दुब्लाएको पाइयो । जति पनि ईक्यानका संयन्त्र र विभाग छन्, ति सबैमा एकनासले सुधार हुन सकेन । त्यसैले विगतमा गरेको गल्तीबाट ईक्यानका सदस्य अर्थात मतदाताहरु अहिले सचेत भएका छन् । प्यानल हेरेर होइन, योग्य व्यक्तिलाई भोट गर्छन भन्नेमा म विश्वस्त छु ।

शैक्षिक परामर्शदाता कम्पनीप्रति सर्वसाधारणको सोचाई अझै पनि सकारात्मक बन्न सकेको पाइदैन । यसलाई परिवर्तन गर्न संस्थागत रुपमा ईक्यानले केही गर्न सक्छ ?
पक्कै पनि विभिन्न आरोपहरु लागिरहेको पाइन्छ । कतिपय कुरामा परामर्शदाताहरुबिच नै अस्वस्थ प्रतिस्पर्धा हुँदा गलत सन्देश गएको छ । यो समस्यालाई नयाँ कार्यसमितिले कसरी निराकारण गर्ने भन्ने सोचेका छौँ । परामर्श व्यवसायीहरुको छाता सगठन एउटा मात्रै छैन । त्यसैले पनि समस्या आएको हुन सक्छ । फरक फरक संगठनल फरक फरक आचारसंहिता बनाएका छन् । त्यसैले अब सबै संगठन मिलेर साझा आचारसंहिता बनाउनुपर्छ । संगठन फरक फरक भए पनि आचारसंहिता वा नियम एउटै पालना गरियो भने व्यवसायीबिचको आरोप प्रत्यारोप अन्त्य हुन सक्छ ।

तपाई विगतमा पनि ईक्यानको महत्वपूर्ण पदमा निर्वाचित भइसक्नुभएको व्यक्ति । विगतमा ईक्यानमा रहेर केके काम गर्नुभयो ?
मैले ईक्यानको उपाध्यक्षको रुपमा इक्यानका सदस्यहरुलाई के कुराको आवश्यकता छ ? कस्तो योजना ल्याएर सदस्यहरुलाई बढी भन्दा बढी इक्यानको गतिविधीमा सहभागी गराउन सकिन्छ भन्ने विषयमा पहल गरेको छु । सुचना तथा सञ्चार विभाग र इक्यानको आम्दानीको स्रोत विकास गर्ने व्यवसाय विकास विभागभित्र रहेर पाएका विभागीय जिम्मेवारी पूरा गरेको छु । सबै सदस्यहरुलाई सुचना तत्काल पु¥याउने लक्ष्यका साथ इक्यानको वेभसाईटलाई परिमार्जन ग¥यौँ । व्यवसाय सञ्चालन गर्नका लागि लिनुपर्ने स्विकृति, परामर्शदाता हुनका लागि चाहिने योग्यता पूरा गर्नका लागि इक्यान सदस्यहरुलाई इक्यान भित्रबाटै तालिम प्रदान गर्यौँ । हाम्रा सदस्यलाई हामीले गर्वका साथ म इक्यानको सदस्य हुँ भन्नसक्ने बनाएका छौँ । यसलाई मैले उपलब्धिको रुपमा लिएको छु ।

ईक्यानमा सक्षम नेतृत्व चयन गर्नका लागि सदस्य अर्थात मतदाताले केके कुरामा ध्यान दिनुपर्छ ?
जो व्यक्ति ईक्यानको कार्यसमितिमा आवश्यक छ, त्यसको पहिचान गर्न सक्नुपर्छ । विगत र वर्तमानमा ईक्यानमा रहेर खेलेको भूमिकालाई मूल्याङ्कन गर्न सक्नुपर्छ । त्यसैगरी के कस्ता एजेण्डा अघि सारिएको छ भन्ने विषय पनि महत्वपूर्ण हुन्छ ।

तपाई आफै पनि उपाध्यक्षको उम्मेदवार । तपाईको बारेमा मतदाताले बुझ्नुपर्ने कुरा केके छन् ?
व्यक्तिभन्दा काम र भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले मलाई भोट हाल्ने होइन, मेरा कामहरुलाई भोट हाल्ने हो । मेरो आवश्यकता छ या छैन भन्ने कुरा मतदाताले मूल्याङ्कसहित निर्णय गर्ने कुरा हो । म पहिलो पटक सचिवको रुपमा ईक्यानमा आएको व्यक्ति हुँ । अहिलेसम्म आउँदा मैले गरेका कामहरु सबै सदस्यमाझ छर्लङ्ग छ । म निर्वाचित भएँ भने नयाँ भूमिकाका साथ आउनेछु ।

तपाईले गर्ने काम अर्थात एजेण्डा केके छन् ?
छरिएर रहेका सबै शैक्षिक परामर्श व्यवसायीहरुलाई ईक्यानमा आवद्ध गराउनमा मेरो पहल हुनेछ । किनकी एउटै पेशा गर्ने व्यवसायीहरुको संगठन एउटै हुनुपर्छ भन्ने मेरो मान्यता हो । सबैलाई ईक्यानमा आवद्ध गराउन सकिने भने पनि परामर्श व्यवसायीले अपनाउने आचारसंहिता साझा हुने गरी बनाउनेछु । एउटा सदस्यले अर्कोलाई आपेक्ष लगाउने कामको अन्त्यका लागि पनि साझा आचारसंहिताको खाँचो छ । त्यसैगरी ईक्यानमा रहेर विभिन्न देशका लागि काम गर्ने परामर्श व्यवसायी सदस्यहरुलाई सम्बन्धित देशको दुतावास वा भिसा सेक्सनसम्म पहुँच पुर्याउने काममा म लाग्नेछु । यसमा लागि म सक्षम पनि छु । त्यसैगरी अहिलेसम्म सम्हालेकोभन्दा फरक विभागको जिम्मेवारी लिएर आफ्नो क्षमता देखाउँछु । मेरो ज्ञान, क्षमता र अनुभवका आधारमा ईक्यानलाई उदाहरणीय संगठनको रुपमा विकसित गराउनेछु । यि सबै कुराको उचित मूल्याङ्क गरेर सदस्यहरुले मतदात गर्नुहोला । तपाईहरुको एक भोटले ईक्यानमा आमूल परिवर्तन आओस् ।



प्रतिक्रिया दिनुहोस्