Logo

तस्विरमा हेर्नुहोस् ओली-मोदी भेटवार्ता



नयाँदिल्ली, २३ चैत। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच “वान-टु-वान” वार्ता भएको छ ।  मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए ।

स्रोतका अनुसार यो भेट पूर्वनिर्धारित थिएन । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो ।

नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच भोलि शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ । ५४ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार विहान नयाँदिल्ली प्रस्थान गरेका थिए । उनलाई इन्धिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।

तस्विर सौजन्य : भारतीय प्रधानमन्त्री नरेन्द्रको ट्विटर



प्रतिक्रिया दिनुहोस्