काठमाडौं, २४ चैत । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वैशाख ९ गते एमाले र माअाेवादीबीचकाे एकीकण निश्चित भइसकेकाे बताएका छन्।
कम्युनिस्ट नेता लेनिनकाे जन्मदिन अर्थात अप्रिल २२ का दिन पारेर पार्टी एकीकरण गर्ने तयारीमा रहेकाे एमाले र माअाेवादी पर्वत काठमाडौं सम्पर्कमञ्चले अायाेजना गरेकाे कार्यक्रममा बताएका हुन्।
उनले राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पार्टी एकीकरण संयाेजन समितिलाई बुझाइसकेकाे नेपालले बताए। ‘दुई पार्टी एकीकरणका लागि लगभग तयारी पूरा भएकाे छ। कुनै अफवाह र हल्लाका पछाडी नलाग्नुस्,´ उनले भने, ‘केही प्रवाधिक विषय मात्रै मिल्न बाँकी हाे।’
उनले वैशाख ९ गते दुई पार्टीका लाखाैं नेता कार्यकर्तालाई टुँडिखेलमा हुने एकीकरणमा सहभागी हुन अाह्वान गरे। ‘पार्टीको एकीकरणकाे एेतिहासिक कार्यक्रम लाखौंकाे उपस्थितिका साथ टुँडिखेलमा हुँदैछ,’ उनले भने, ‘कुनै अाशंका नगरी सबैलाई उपस्थित अाग्रह गर्दछु।’
कार्यक्रममा पर्वतबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिएकाे थियाे।