नयाँ दिल्ली, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय अधिकारीहरुलाई नेपालको हिमालय एयरलायन्सको काठमाडौं दिल्ली उडानको अनुमति दिलाउन आग्रह गरेका छन् ।
तीन दिने राजकीय भ्रमणको लागि नयाँ दिल्लीमा रहँदा नेपालका प्रधानमन्त्री ोलीले भारतीय पक्षलाई यस्तो आग्रह गरेको बुझिएको छ ।
शनिबार साँझ पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा कुराकानी गर्दै भारतीय पर्यटनमन्त्री सुरेश प्रभुले जानकारी गराए । उनले प्रधानमन्त्री ओलीको भारत भ्रमण फलदायी भएको टिप्पणी गरे ।
उनले भने, नेपालका प्रधानमन्त्रीको भारत भ्रमण फलदायी भयो, अािर्थकदेखि हरेक क्षेत्रमा बडो सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो, नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा झनै प्रगाढ बनेर जानेछ ।
उनले भारतीय नागरिकहरु घुम्नको लागि नेपाल जानेपनि विश्वास दिलाए ।